नेपाल न्युज प्वाइन्ट डटकम
थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं : महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणीय शृंखलामा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा पूरा गरेको थियो । थाइल्यान्डका लागि नन्नापट कन्चरोइन्कैले सर्वाधिक ६० रन बनाइन् । त्यस्तै स्वानान खाइआटोले १४ र कप्तान नरुइमोल चाइवाइले १३ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले २ तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५–२५ रन बनाए । त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । थाई टोलीले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पनि हराएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update