राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुने

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन हुने भएको छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शुरुमा नै फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्