नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं : हङकङमा भएको त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो ।

हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए । हङकङका लागि निजाकान्त खानले २५ रन बनाए ।

नेपालका लागि करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए  । शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । अब नेपालले यही फागुन २९ गते पपुवा न्यूगिनसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update