नेपाल न्युज प्वाइन्ट डटकम
माओवादीले फागुन १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान चलाउने

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो । हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ । प्रवक्ता सापकोटाका अनुसार प्रदेश इन्चार्जहरू तोक्ने निर्णय भएको छ ।

उपमहासचिव हरिबोल गजुरेल कोशी, उपमहासचिव मातृका यादव मधेस, सचिव हितमान शाक्य बागमती, सचिव दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल कर्णाली, उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन् ।

यस्तै बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update