माओवादीबाट नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको हो ।
उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन् । नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।
एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १९:१८
प्रतिक्रिया दिनुहोस्