नेपाल न्युज प्वाइन्ट डटकम
ग्लोबल आइएमईद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

काठमाडौ : ग्लोबल आइएमई बैंकले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय सग्राहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो । 

ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । 

विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update