नेपाल न्युज प्वाइन्ट डटकम
संसदमा आज अध्यादेश निर्णयार्थ पेस नहुने

काठमाडौं : संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । 

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो ।

ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची आज नराख्न आग्रह गरेका छन् । 

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा पनि कानुन मन्त्रीले अध्यादेश आज निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update