नेपाल न्युज प्वाइन्ट डटकम
सामाजिक सञ्जालसम्बन्धी विधेयकमा युवाहरुको विरोध छ : सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीटी कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक ल्याइएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको  सम्बोधन गर्नुपर्छ ।’

साथै, उनले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने बताइन् । उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई  दाब्न नहुने बताइन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update