
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले सरकारले लामिछानेसँग प्रतिशोध साँधेको दाबी गर्दै सरकारको उक्त रबैयालाई सार्वभौम संसदले समेत समर्थन गरेको बताए ।
अर्यालले सभामुख देवराज घिमिरेलाई लामिछानेको सांसद पद फुकुवा गर्न पनि माग गरे । अर्यालले थुनामा नरहेको अवस्थामा निलम्बन नहुने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।
लामिछानेमाथिको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १३:५४
प्रतिक्रिया दिनुहोस्