नेपाल न्युज प्वाइन्ट डटकम
महिला टी-२०आई शृंखलाको उपाधि थाइल्यान्डलाई, नेपाल जितविहीन

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको उपाधि थाइल्यान्डले जितेको छ ।

थाइल्यान्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । श्रृंखलामा नेपाल भने जितविहीन बनेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार व्यहोरेको हो । 

शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । 

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा राजमति ऐरीले १७ बलमा अविजित ११ रन बनाइन् । 

यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग ४ विकेट र ५ रनले पराजित भएको थियो । नेदरल्यान्ड्स ८ अंकसहित दोस्रो भएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update