नेपाल न्युज प्वाइन्ट डटकम
दिल्लीमा भाजपाको बहुमत, केजरीवालले हारे चुनाव

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने भएको छ ।

दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने अवसर पाएको हो । दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४० सिटमा जित हासिल गरेको छ। थप आठ सीटमा अग्रता लिइरहेको छ ।

विधानसभाको आधा अर्थात् ३५ सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ ।

सन् २०१३ यता दिल्ली सरकार सञ्चालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले २० सीट जितेको छ। थप दुई सीटमा यो दलको अग्रता छ ।

आपका नेता पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभा सीट गुमाएका छन् । उनी भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३,००० भन्दा बढी मतान्तरले पराजित भए ।

चुनावमा आफ्नो हार स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो सन्देशमा भनेका छन्: "जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताको साथ स्वीकार गर्छौँ ।"

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update