नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिँदै छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए । नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update