नेपाल न्युज प्वाइन्ट डटकम
भागेका थुनुवा समात्न जाँदा प्रहरी जवानकाे भिरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानकाे मृत्यु भएकाे छ । 

जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका उमेशसिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भिरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भिरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update