नेपाल न्युज प्वाइन्ट डटकम
बालेनलाई अमरेशको चुनौती- 'सक्छौ भने सिंहदरबार भत्काएर देखाऊ'

काठमाडौं : स्वतन्त्र सांसद डा. अमरेश सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तानाशाही भएको आरोप लगाएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले मेयर बालेन तानाशाही भएको आरोप लगाएका हुन् । सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाए ।

उनले काठमाडौं महानगरका मेयर बालेनलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार भत्काउन चुनौती दिए ।

'बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ । नाजीवादी शैली काठमाडौंको मेयरको चल्दैन ।' 

२७ माघमा काठमाडौंको टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको थियो । सो क्रममा महानगर प्रहरीको टोली र मजदुरहरूबीच झडप भएको थियो । झडपमा ३ जना घाइते भएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update