नेपाल न्युज प्वाइन्ट डटकम
गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।

यस्तै रिक्त हुने पदहरूमा मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको शर्माले बताइन् । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update