मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालयमा डुबान

काठमाडौं : काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।
मुख्य पाइप फुटेपछि वन परिसर क्षेत्रमा बाढी आएको छ । पानीको बहावले वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा पारेको छ ।
बाढीका कारण यातायातका साधन र पैदलयात्रुलाई समस्या परेको छ ।
पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १६:२८
प्रतिक्रिया दिनुहोस्