शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर बा २ ख ७९५८ नम्बरको बस पिकनिकका लागि नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित गरी ४० जना घाइते भएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १९:१०
प्रतिक्रिया दिनुहोस्