नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस हुने

काठमाडौं : पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

५ वर्षअघि दायर रिटमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा आज सुनुवाइ हुँदा पूर्ण इजलासमा पेस हुने आदेश भएको हो । पूर्ण इजलासमा कम्तीमा ३ जना न्यायाधीश हुन्छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास घोटाला प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले २०७६ माघ २९ मा यो रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update