नेपाल न्युज प्वाइन्ट डटकम
आज ‘भ्यालेन्टाइन डे’ मनाइँदै

काठमाडौं : आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।  युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ ।

विशेष गरी सामाजिक संजालको कारणले गर्दा यो दिवस नेपालमा पनि चर्चीत हुँदै गएको छ ।

किंवदन्ती हेर्दा ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ ।’

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update