नेपाल न्युज प्वाइन्ट डटकम
मानव अधिकार आयोगले माग्यो बाल संगठन जग्गामा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा अनुसन्धान अघि बढाएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

आयोगले बालमन्दिरको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update