नेपाल न्युज प्वाइन्ट डटकम
मोटरसाइकल डिभाइडरमा ठोक्किँदा चालक त्रिशूलीमा खसेर बेपत्ता, खोजीकार्य जारी

काठमाडौं : मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोमा मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा मोटरसाइकल चालक त्रिशूली नदीमा खसेका छन् ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो ।

घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर-३ का २७ वर्षीय रोहित राना नाम रहेको ब्लु बुक फेला परेको छ ।

चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update