शानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट घटनामा थप १ जनाको मृत्यु

काठमाडौंः काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा गत बिहीबार भएको ग्याँस सिलिण्डर विस्फोट घटनामा घाइते भएमध्येका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ रहेका छन् । दुई जनाको गत सोमबार नै निधन भइसकेको छ । अन्य ८ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१ १८:४५
प्रतिक्रिया दिनुहोस्