नेपाल न्युज प्वाइन्ट डटकम
नेपालकै दुर्गम मानिएको शे-फोक्सुण्डो गाउँपालिका भयो जिल्ला प्रथम

डोल्पा : डोल्पाको शे-फोक्सुण्डो गाँउपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा पहिलो भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९३ दशमलव ५ अंक प्राप्त गरी शे-फोक्सुण्डो गाँउपालिका पहिलो बनेको हो ।

एफआरएमा जिल्ला प्रथम भएको शे-फोक्सुण्डोले एलआईएसएमा भने ९०.२५ प्रतिशत अंक प्राप्त गरेको छ । समग्र कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये शे-फोक्सुण्डो नवौं स्थानमा परेको छ ।

शे-फोक्सुण्डो गाउँपालिकाको सम्पूर्ण भू-भाग शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र पर्ने भएकाले एलआईएसए र एफआरएका कतिपय सूचकहरु पालिकासँग असम्बन्धित छन् । 

अघिल्ला वर्षहरूको तुलनामा एलआईएसए र एफआरए दुबैका सूचकहरूमा धेरै सुधार भएको छ। अझै यस्ता सूचकहरूमा थप सुधार गर्दै पालिकाको संस्थागत र वित्तीय सुशासनलाई प्रवर्द्धन गर्दै लैजान पालिका दृढ रुपमा कटिबद्ध र प्रतिबद्ध भएर लागेको प्रमुख प्रशासकिय अधिकृत सुमन ढकाल बताउँछन् ।

पालिकाले अनावश्यक खर्चहरू कटौती गर्दै मितव्ययी र औचित्यपूर्ण तरिकाले बजेट कार्यान्वयन गरिरहेको र सो कार्यमा जनप्रतिनिधिहरूको पूर्ण सहयोग रहेको हुँदा वित्तीय सुशासनका सूचकहरूमा क्रमश: सुधार भइरहेको बताए ।

त्यसैगरी ८४ दशमलव ५ अंकका साथ मुड्केचुला गाँउपालिका तेस्रो स्थानमा छ भने डोल्पोबुद्ध गाउँपालिका ८३ अंकसहित चौथो र ८० दशमलव ५ अंकसहित काईके गाँउपालिका पाँचौं स्थानमा छ ।

छार्का ताङसोङ गाउँपालिका ७९ दशमलव ५ अंक प्राप्त गरी छैटौंमा छ भने ७५ दशमलव ५ अंकसहित सातौं स्थानमा रहेको छ । त्रिपुरासुन्दरी नगरपालिका भने शून्यमा रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update