हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण
काठमाडौं : हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेसँगै नजिकका शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने क्रममा सो शाखालाई हात्तीगौंडा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
२७ फागुनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो शाखाको उद्घाटन गरेका हुन् । यसैगरी बैंकको कावासोती शाखालाई पनि नवलपुरको गोछडामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । सो शाखाबाट पनि २७ फागुनदेखि नै ग्राहकलाई सेवा प्रवाह गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० २२:१०
प्रतिक्रिया दिनुहोस्