नेपाल न्युज प्वाइन्ट डटकम
बालेनका दुई स्टाटस : ट्रम्प र ओलीलाई के-के भने ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैँले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन् । तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन् ।’

बालेनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । साथै बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् ।

यस्तै मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई मेयर पद बिर्सेर नेपाली भएर बाँच्‍ने आधार दिन आग्रह गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले यस्तो बताएका हुन् ।

मेयर बालेनले विदेशी शक्तिहरूले हेप्ने गरेको सन्दर्भ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update