नेपाल न्युज प्वाइन्ट डटकम
आर. आर. एड मिडिया सम्मानित

काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकले आर. आर. एड मिडियालाई सम्मान गरेको छ । आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित मध्यान्ह दैनिकको २३औं वर्ष प्रवेशको अवसरमा आर. आर. एड मिडियालाई सम्मान गरिएको हो ।

लामो समयदेखि अनवरत सहकार्य गरी गत वर्ष सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराई सर्वोत्कृष्टमा पर्न सफल भएकोमा आर. आर. एड मिडियालाई सम्मान गरिएको मध्यान्ह दैनिकले जनाएको छ ।

a9790851-2ab1-41bb-a50d-de05611d5b41-1740383976.jpg

सो अवसरमा मध्यान्ह दैनिकले सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराई उत्कृष्ट १० मा पर्न सफल विज्ञापन एजेन्सीहरुलाई सम्मान गरेको थियो । उक्त उत्कृष्ट १० मध्ये आर. आर. एड मिडिया सर्वोत्कृष्ट भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर. आर. एड मिडियाका सञ्चालक राजेन्द्र रानालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

85c38de1-b77a-4ded-8e9b-0c8ea1c5e263-1740383996.jpg

सम्मान पत्रमा भनिएको छ, 'यस मध्यान्ह राष्ट्रिय दैनिकसँग लामो समयदेखि अनवरत सहकार्य गरी गत वर्ष सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराई उत्कृष्ट १० (दश)मध्ये सर्वाेत्कृष्टमा पर्न सफल भएकोमा आर. आर. एड मिडिया, बूढानीलकण्ठ–१३, काठमाडौंलाई हार्दिक बधाईसहित यो सम्मानपत्र प्रदान गरिएको छ । आगामी दिनमा पनि उस्तै सहकार्यको अपेक्षासहित त्यस मिडियाको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।'

यस नेपाल न्युज प्वाइन्ट डटकम पनि आर. आर. एड मिडियाअन्तर्गत सञ्चालित अनलाइन न्युज पोर्टल हो । 

1-1740384215.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update