बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं : बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
ओझा वकिल पनि हुन् । उनी वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा रहेर काम गरिरहेका छन् ।
स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न रहँदै आएका थिए ।
अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ २१:४३
प्रतिक्रिया दिनुहोस्