नेपाल न्युज प्वाइन्ट डटकम
लेखक चूडामणि गौतमको निधन

काठमाडौँ : लेखक चूडामणि गौतमको  निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो । 

तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे ।  गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।  बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update