नेपाल न्युज प्वाइन्ट डटकम
हरिनास जंगलमा रहेको शिव मन्दिरमा शिवमूर्ति राखिने

स्याङ्जा : स्याङ्जाको हरिनास गाउँपालिकाले हरिनास जंगलमा रहेको शिव मन्दिरमा शिवमूर्ति राख्ने भएको छ ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले बुधबार महाशिवरात्रिको अवसर पारेर शिव मन्दिरमा शिवको मूर्ति राख्ने तयारी रहेको जानकारी दिए ।

उनका अनुसार मन्दिरमा ११ फुट अग्लो शिवको मूर्ति राखिनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सो मूर्ति निर्माण गरी महाशिवरात्रिकै दिन मन्दिरमा राख्न लागिएको उनले बताए । अध्यक्ष मानन्धरले शिवरात्रि मेलामा आउने सम्पूर्ण भक्तजनले मूर्तिको अवलोकन गर्न पाउने बताए ।

कार्यक्रममा लोकदोहोरी गायक रामजी पौडेल, मधु थापा मगर, धनु मानन्धरलगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिने अध्यक्ष मानन्धरले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update