नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

काठमाडौं : हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनायो ।
पीएनजीका लागि टोनी उराले अर्धशतकीय इनिङ खेले । उराले ३७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए । यस्तै एली नाओले १० बलमा ३ छक्का र १ चौकाको सहयोगमा ३० रन बनाए । हिला भरेले २१ बलमा १८ रन बनाउँदा हिरी हिरीले ९ बलमा १५ रन बनाए ।
त्यस्तै किप्लिन दोरिगाले १४ बलमा १४ रन बनाउँदा चाड सोपरले १७ बलमा १३ रनको योगदान दिए । कप्तान आसाद भाला २ रनमा आउट भए । नेपालका लागि आकास चन्द र कुशल भुर्तेलले समान ३-३ विकेट लिए भने करण केसी र गुल्सन झाले १-१ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १३:३८
प्रतिक्रिया दिनुहोस्