नेपाल न्युज प्वाइन्ट डटकम
शेखर कोइरालाले भेटे प्रकृतिको परिवारलाई

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दु:खद् घटनामा परी निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटेका छन् ।

नेता डा कोइरालाले प्रकृतिको परिवारसँग भेटेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेसले यस घटनालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए ।

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनका लागि आवश्यक पहल भइरहेको पनि बताए ।

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update