
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो ।
नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो । उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन् ।
रास्वपाका एक पदाधिकारीले पनि अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको जानकारी गराए । उनका अनुसार पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १८:२३
प्रतिक्रिया दिनुहोस्