नेपाल न्युज प्वाइन्ट डटकम
टोखामा प्रहरीले गोली चलाएर समात्यो गोठाटार हत्याका मुख्य अभियुक्त

काठमाडौं : काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोठाटार हत्याका अभियुक्त गुड्डु पटेल रहेका छन् ।

२०७९ असोजमा गोठाटारमा पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो ।

प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली भने पटेललाई लागेको बताइएको छ । पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update