नेपाल न्युज प्वाइन्ट डटकम
ललितपुरको टीकाथलीमा बोरिङ खनेर पानी निकाल्ने क्रमामा निस्कियो आगोको ज्वाला

ललितपुर : ललितपुरको टीकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ ।

पानी निकाल्न करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो ।

पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन । पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ ।

भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ ।  यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update