नेपाल न्युज प्वाइन्ट डटकम
बुधबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेस र एमालेको ह्विप

काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ गते बुधबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेका छन् ।

बुधबार दिउँसो १ बजे बस्ने संसद बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।

सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरूबीच सहमति भएको छ ।

जसपा नेपाल र लोसपा भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोक्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update