
काठमाडौं : थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
पाइप मर्मतसँग मेलम्चीको पानी सुचारु गरिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्