
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा 'तपाईं हिटलर हो ?' भनेर प्रश्न सोध्ने पत्रकारको संसद भवन प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको छ ।
संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको हो ।
सचिवालयको महासचिवस्तरीय निर्णयबाट सुनौलो नेपाल युट्युब च्यानलका प्रकाश ओली र युवा मन नेपाल च्यानलका किशोरकुमार श्रेष्ठको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोपमा उनीहरूको प्रवेश पास निलम्बन गरिएको हो ।
फागुन ४ गते संसद भवनबाट बाहिरिँदै गर्दा उनीहरूले प्रधानमन्त्रीलाई तानाशाह र हिटलर भनेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्