नेपाल न्युज प्वाइन्ट डटकम
अमेरिकाबाट निष्कासित नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा

काठमाडौं : अमेरिकाबाट निष्कासित नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको छ । 

अमेरिकाले डिपोर्ट गरेर चाटर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेका ८ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले अमेरिकाले फर्काइदिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि लगिएको जनाएको छ ।

सामान्य सोधपुछपछि उनीहरूलाई छाडिने ब्युरोले बताएको छ । डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update