नेपाल न्युज प्वाइन्ट डटकम
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई ४ पटक स्पष्टीकरण सोधिसकेको छ । घिसिङले मन्त्रालयको क्षेत्राधिकारमाथि नै प्रश्न उठाएर जबाफ लेखेपछि मन्त्रिपरिषद्ले उनलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोध्दै घिसिङलाई पदबाट हटाउने तयारी गरेको भनेर विपक्षी दलहरूले प्रश्न उठाएका छन् । सरकारले भने कार्यसम्पादन मूल्यांकनमा केन्द्रित भएर स्पष्टीकरण सोधेको तर्क गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update