नेपाल न्युज प्वाइन्ट डटकम
डा. देवकोटा स्वास्थ्य सचिवमा पदोन्नति

काठमाडौंः सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा. देवकोटाले आजैबाट कार्यभार सम्हाल्ने छन् । डा. देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update