नेपाल न्युज प्वाइन्ट डटकम
७ सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं : गृह मन्त्रालयले ७ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । जसअनुसार लामो समयदेखि रिक्त रहेका ओखलढुंगा र खोटाङले पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) पाएका छन् ।

ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ ।

बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको  छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update