
काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुलेको छैन ।
साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर आज बिहान पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।
नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ ०७:५६
प्रतिक्रिया दिनुहोस्