
पोखरा : पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।
लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो ।
मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन ।
अनुमतिबिना कार्यक्रम गरेको भन्दै महानगरले रोक्न खोजेको थियो ।
त्यही क्रममा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो । झडपमा भूमि पूजनका लागि वाराहीघाट पुगेका एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
विवादित धर्मगुरु कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ १३:१२
प्रतिक्रिया दिनुहोस्