नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल नामिबियासँग ६ विकेटले पराजित

काठमाडौं : नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टी–२० आई सिरिजमा नामिबियासँग पराजित भएको छ । शनिबार भएको पहिलो खेलमा नामिबियासँग नेपाल डकवर्थ लुइस (डिएलएस) मा ६ विकेटले पराजित भएको हो ।

९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए पछि १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य पाएको थियो । नयाँ लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नामिबियाका मेकेलाए मातिलले सर्वाधिक २६ रन बनाउँदा अरास्ता डिरगार्ट १३ रनमा अविजित रहिन्। नेपालका लागि पूजा महतो, कविता जोशी, ईश्वरी विष्ट, र इन्दु बर्माले समान १–१ विकेट लिए ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा ९२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले ११ बलमा सर्वाधिक १८ रन जोडिन् । सम्झनाले ४ चौका प्रहार गरेकी थिइन् । कविता जोशले ३१ बलमा १६ रन बनाइन् । पुजा महतोले २० बलमा १३ रन जोडिन् ।

इश्वरी बिष्ट १४ बलमा १७ रनमा नटआउट रहिन् । नामिबियाका लागि मिकेली मावातेली र विकि मावातेलीले समान ३ तथा काइलेन ग्रिनले २ विकेट लिइन् ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update