नेपाल न्युज प्वाइन्ट डटकम
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं : सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार बिहान जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन गृहमन्त्री लामिछानेलाई हस्तान्तरण गरेका हुन् । आयोगका अनुसार १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन तयार भएको छ ।

विमानस्थलको भन्सार जाँच पार गरेको ब्रेक शुमार्फत ल्याइएको ६० किलो सुन, भेपमार्फत आएको सुनलगायतका सुन तस्करीबारे आयोगले अनुसन्धान गरेको थियो । 

सुन तस्करी बढेसँगै उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेपछि सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

जाँचबुझ आयोगले  कार्यसम्पादनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा रसुवागढीसहित विभिन्न सात वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update