नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आइपुगे, विमानस्थल बाहिर भिड

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट केही बेरअघि काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले बताएअनुसार पूर्वराजा सवार विमान ३ बजेर ५२ मिनेटमा अवतरण गरेको हो ।

पोखराबाट हिँड्नुअघि समर्थकहरूले विमानस्थलमा उनको बिदाइ गरेका थिए ।

पूर्वराजा शाहको स्वागतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता विमानस्थल पुगेका छन् ।

शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला भएका छन् ।

प्रवेशद्वारअगाडि भेला भएका राष्ट्रिय झण्डा बोकेका मानिसहरूले राजसंस्थाको पक्षमा विभिन्न नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update