नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकले गरे स्वागत

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं उत्रिदा समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए ।

पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए । विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका छन् । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दनको स्वीकार गरेका थिए ।

यता, अप्रिय घटना नहोस् भनेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update