नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं महानगरले राप्रपालाई तिराउने भयो एक लाख जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना गरेको छ ।

आज आइतबार सो पार्टीले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरले जरिवाना गरेको हो । 

‘‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लीलाराज गाछा मगरद्वारा प्रेषित पत्रमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update