नेपाल न्युज प्वाइन्ट डटकम
उदयपुरमा भिरबाट जिप खस्दा ६ जनाको मृत्यु

उदयपुर : उदयपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–७ मा भिरबाट जिप खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको को. १ ज २५९३ नम्बरको जिप दुर्घटनामा चालक र बाँकी ५ यात्रुको मृत्यु भएको बताइएको छ । जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update