नेपाल न्युज प्वाइन्ट डटकम
चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब-इन्जिनियर हर्कधन बुढा तथा उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढा र चंखेली गाउँपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा उनीहरुले ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको अख्तियारको दाबी छ । खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार  गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update